एमसीसी नेपालको कानुन भन्दा माथि नभएकोले हुबहु पारित हुन्छ : प्रधानमन्त्री देउवा — OSNepal

एमसीसी नेपालको कानुन भन्दा माथि नभएकोले हुबहु पारित हुन्छ : प्रधानमन्त्री देउवा

LC (KTM) October 22, 2021 0

धनगढी ५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन् । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवाले नेपालको कानुन भन्दा माथि एमसीसी माथि नभएकाले पारित हुने बताएका हुन् ।

‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । ऋण होइन । उनीहरुले नै यो नेपालको कानून भन्दा माथि नरहेको स्पष्ट पारिसकेका छन् । एमसीसी पास हुन्छ ’ सम्मेलनमा देउवाले भने ।

एमसीसीको बारेमा झूठा प्रचार गरिएको बताएका देउवाले एमसीसी अनुदानमा आधारित परियोजना भएकोले नेपालकै कानून मातहत हुने दाबी समेत गरेका छन् । उनीहरुले एमसीसीमा नेपालको कानुननै लाग्छ भनिसकेको भन्दै देउवाले अघि भने, ‘अमेरिकी कानून लाग्छ भन्ने छँदैछैन । नेपालमा एउटा यस्तो तत्व छ जसले सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छ यार ।’

बाढी पहिरोबाट क्षति पुगेको सुदुरपश्चिम प्रदेशमा पुगेका देउवाले सरकारले विपद्मा परेकाहरुलाई राहात प्याकेज ल्याउने समेत बताएका छन् । ‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ ,पूर्वाधारहरु क्षतविक्षत छन् । बाटो छैन, विजुली छैन । किसानको धानबालीमा ठूलो क्षति भएको छ । यसको क्षतिपूर्तिका लागि राहत प्याकेज ल्याउछौं ।’ देउवाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर