काठमाडौं ५ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले बोलीचालीको भाषामा सम्मानार्थी शव्द प्रयोग गर्न दिर्नेशन दिएका छन् ।गृहमन्त्री खाँडले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
जनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शव्द प्रयोग निर्देशन दिएका खाँडले संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न सुरुमा संगठन भित्रै एक अर्कालाई सम्मान गर्नुपर्ने भन्दै यस्तो निर्देशन दिएका हुन् ।