काठमाडौं ५ कात्तिक । महिलामाथि बलात्कार गरेको अभियोगमा विगत आठ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउत रहेका छन् ।
उनीमाथि ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद फैसला सुनाएको थियो । कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिएका हुन् ।
उनका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फसर््योटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ ।