काठमाडौँ ५ कात्तिक । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (शुक्रबार) विश्वासको मत लिने तयारी गरेका छन् ।
सत्ता गठवन्धनको बलियो पकड रहेको प्रदेश १ मा नेकपा एमालेबाट मुख्यमन्त्री भएका आचार्य अल्पमतमा परेका हुन् ।
गत असोज २५ गते नै विश्वासको मत लिने भनिएर पनि अचान सुचना टाँस गरेर प्रदेश सभा बैठक आजको लागि सारिएको थियो ।
एमाले फुटेपछि अल्पमतमा परेका आर्चाय तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि गत भदौ १० गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।