काठमाडौं ५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोबाट पिडित जनतालाई सरकारले राहात प्याकेज ल्याउने स्पष्ट पारेका छन् ।
बिहिबार बाढी पहिरोबाट सबैभन्दा धेरै क्षति पुगेको सुदुरपश्चिम प्रदेश पुगेका देउवाले क्षति ग्रस्त स्थानको अवलोकन समेत गरेका थिए ।
आज धनगढी हुँदै काठमाडौं आउने कार्यतालिका रहेको प्रधानमन्त्री देउवाले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौं पुगे लगत्तै राहात प्याकेजको घोषणा गर्ने बताएका छन् ।