ठाकुर पक्षलाई सरकारमा लाने ओलीको तयारी महतोलाई उपप्रधानमन्त्रीसहित १० मन्त्रालय दिने — OSNepal

ठाकुर पक्षलाई सरकारमा लाने ओलीको तयारी महतोलाई उपप्रधानमन्त्रीसहित १० मन्त्रालय दिने

LC (KTM) May 24, 2021 0

काठमाडौँ १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षलाई लिएर मन्त्रिपरिषद्को विस्तार गर्ने भएका छन् । एक पछि अर्को गर्दै मधेसी माग पुरा गर्दै आएका ओलीले ठाकुर पक्षलाई लिएर सरकारमा जाने भएका छन् । हिजो मात्रै नागरिकतासम्बन्धि अध्यादेश जारी गरेपछि आज ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

नेकपा एमाले जस्तै फुटको संघारमा पुगेको जसपाका उपेन्द्र यादव समुह भने विपक्षी दललाई समर्थन गरिरहेका छन् । दुई तिर विभाजन भएको जसपा अब कता जाने हो त्यो चासोको विषय बनेको छ । अदालतले रिक्त गरेको ७ वटा मन्त्रालयल पनि ओली आफैले राखेकाले जसपाका ठाकुर पक्षलाई १० वटा मन्त्रालय दिने भएका छन् ।

ओली सरकारमा सहभागी हुन राजी भएको ठाकुर समुहका राजेन्द्र महतोलाई उपप्रधानमन्त्री सहित राजकिशोर यादव, अनिल झा, शरदसिंह भण्डारी र चन्दा चौधरीलगायतलाई मन्त्री बनाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर