रावललाई लक्षित गर्दे ज्ञवालीले भने - १० बुँदे सहमतिलाई अब राष्ट्रव्यापी चर्चाको विषय बनाउन आवश्यक छैन — OSNepal

रावललाई लक्षित गर्दे ज्ञवालीले भने – १० बुँदे सहमतिलाई अब राष्ट्रव्यापी चर्चाको विषय बनाउन आवश्यक छैन

LC (KTM) October 21, 2021 0

काठमाडौं ४ कात्तिक । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले १० बुँदे सहमति कार्यान्वयनलाई लिएर राष्ट्रव्यापी चर्चाको विषय बनाइरहनुपर्ने आवश्यक नभएको बताएका छन् । आज बिहिबार बसेको स्थायी कमिटिको बैठकमा प्रवक्ता ज्ञवालीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

१० बुँदे कार्यान्वयन भइसकेको र केहि ठाउँमा भने अन्तरविरोध रहेकाल समस्या भएको भन्दै उनले त्यस स्थानमा पनि समस्या हल हुने दावी समेत गरेका छन् ।

‘अधिकांश ठाउँमा कार्यन्वयन भएर परिणाम जे ल्याउनु थियो ल्याइसक्यो । केही ठाउँमा कार्यन्वयन समस्या छ, हामी त्यहाँ केन्द्रीत भएर छलफल गर्छौ, मलाई लाग्छ भोलिको बैठकले धेरै कुरा टुंग्याउँछ,’ ज्ञवालीले भने ।

पार्टी जेठ २ को अवस्थामा गइसकेकोले १० बुँदे सहमति राष्ट्रव्यापी चर्चाको विषय नभएको बताएका छन् । यस विषयमा अध्यक्ष केपी ओलीले पनि अब १० बुँदे भनेर भनिराख्न आवश्यक नभएको बताएका थिए ।

अध्यक्ष ओलीको भनाइ माथि आपत्ती जनाउँदै उपाध्यक्ष भीम रावलले भने १० बुँदे सहमति पार्टी एकताको लागि विगुल भएको बताएका थिए ।

ज्ञवालीले रावललाई लक्षित गर्दै १० बुँदे सहमति राष्ट्रव्यापी रुपमा चर्चाको विषय बनाउन आवश्यन नभएको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर