सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान १४ दिन देखी जेलमै जिवन बिताईरहेका छन् । ड्रग्स केसमा यस्तो नमज्जाले फसे कि आर्यनलाई कुनै राहत मिल्ने छाँट नै देखिएको छैन । बुधबार मुम्बई सेशंस कोर्टले आर्यनको जमानतको अपिललाई खारेज गरिदिएको छ । अब आर्यनको वीलले फेरी मुम्बई हाइकोर्टमा बेलको लागि अपिल गरेका छन् ।
मुम्बई हाइकोर्टमा आर्यन खानको जमानत माथि अक्टोबर २६ अर्थात मंगलबार सुनवाई हुनेछ । यसको मतलव यो हो कि आर्यन खान आर्थर रोड जेलमा कम्तिमा पनि अब ५ दिन बस्नै पर्ने हुन्छ । आर्यन खानको वकील सतीश मानशिंदेले न्याधिश साम्ब्रेबाट बेलको सुनवाईको तारिख मागेका छन् । सतीश मानशिन्देले शुक्रबार या सोमबार बेलमाथि सुनवाइएको लागि अपिल गरेका थिए । तर न्याधिश साम्ब्रेले आर्यनको जमानतको सुनवाई आउने हप्ताको मंगलबार फिक्स गरेका छन् ।
यसैबीच छोरा संग भेट्न तथा उनको हाल खबर बारे जानकारी लिनका लागि आज बिहानै शाहरुख खान आर्थर रोड जेल पुगेका छन् । जेलमा यसभन्दा अघि देखि कोरोना चलिरहेकाले आमने सामने भेटघाट बन्द गरिएको थियो । बुधबार देखी महाराष्ट्रका जेलहरुमा कैदि तथा उनका परिवारजन आमने सामने मिल्न नपाउने प्रतिबन्ध हटाइएको छ । यसैकारण शाहरुख खान आफ्नो छोरालाई हतार हतारमा भेट्न तथा गफ गर्न पुगेका हुन् । आर्यन खान १४ दिन देखी आर्थर रोड जेलमा रहेका छन् ।