आफ्नो राजनीतिक इमान्दारिता र नैतिकता बचाउनको लागि शाक्यले राजीनामा दिनुपर्छ : शालिकराम जम्मकट्टेल — OSNepal

आफ्नो राजनीतिक इमान्दारिता र नैतिकता बचाउनको लागि शाक्यले राजीनामा दिनुपर्छ : शालिकराम जम्मकट्टेल

LC (KTM) October 21, 2021 0

काठमाडौं ४ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्गप्रशस्त गरिन आग्रह गरेका छन् ।

आज बिहिबार बसेको प्रदेशसभाको बैठकमा विश्वास मत माग्दै गर्दा शाक्यलाई नेता जम्मकट्टेलले राजीनामा सुझाव दिएका हुन् ।

आफ्नो राजनीतिक इमान्दारिता र नैतिकता बचाउनको लागि पनि शाक्यले राजीनामा दिनुपर्ने उनले बताएका छन् ।

गठबन्धनले निर्णय गरेर आइसकेको यस्तो अवस्थामा शाक्यले मार्गप्रशस्त गरिदिन पर्छ उनले भनेका छन् ।

तथापी, अहिले शाक्यले विश्वासको मत लिँदै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर