काठमाडौं ४ कात्तिक । विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा लामो समय देखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन अब चाँडै खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार अर्को साताबाट आवदेन खुल्ने भएको छ ।
दैनिक कार्यालयको कोटा निर्धारण गरेर आवेदन दिने र क्षमता अनुसारको कोटा तोकेर आवेदन खुलाउन प्राविधिक तयारीमा जुटेको विभागले जनाएको छ ।