बाढी पहिरोले क्षति भएको क्षेत्रको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री देउवा पुगे गृहजिल्ला डडेल्धुरा — OSNepal

बाढी पहिरोले क्षति भएको क्षेत्रको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री देउवा पुगे गृहजिल्ला डडेल्धुरा

LC (KTM) October 21, 2021 0

कैलाली ४ कात्तिक । चार दिनदेखि लगातार परेको पानीले गर्दा आएको बाढी पहिरोले गर्दा क्षति भएको क्षेत्रको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगेका छन् ।

बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गर्न सुदुरपश्चिम पुगेका देउवा बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड निरीक्षणपछि अहिले भने गृहजिल्ला डडेल्धुरा पुगेका हुन् ।

देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले‚ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउँद, रमेश लेखक लगातका पनि स्थलगत अवलोकन गर्न पुगेका छन् ।

देउवाल स्थलगत अवलोकन गर्दै स्थानीय जनप्रतिनिधि, सरोकारवालासँग र स्थानीयबासीसँग त्यस क्षेत्रको जानकारी लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर