कोरोनाका कारण एमाले पूर्वसांसद बस्नेतको उपचारका क्रममा निधन — OSNepal

कोरोनाका कारण एमाले पूर्वसांसद बस्नेतको उपचारका क्रममा निधन

LC (KTM) May 24, 2021 0

काठमाडौं- नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको निधन भएको छ । उनको आज कोरोनाका कारण रानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । कोरोनालाई जित्छु भन्दै घरमै बसिरहेका उनलाई निमोनिया बढेपछि अस्पताल लगिएको हो ।

उनलाई मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई दुई दिनअघि अस्पताल लगिएको थियो । खोर्सानेमा उनी विभिन्न सहकारी लगायतका सामाजिक संघ संस्थाहरुमा रहेर समाज सेवामा सक्रिय पछिल्लो समय बस्नेत नेकपा एमाले परित्याग गरेर ऋषि कट्टेल समूहको नेकपाको केन्द्रीय सदस्य थिए । उनी भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका पूर्वसांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर