काठमाडौं ४ कात्तिक । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखमाथि दुर्व्यवहार गरेका छन् ।
जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुख जागेश्वर कुशवाहलाई लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले नियन्त्रणमा लिई उनको माथिल्लो भागमा कपडा समेत च्याती नाङगै जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका हुन् ।
कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै उनीमाथि दुप्यवहार गरेका हुन् । कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १० जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
जनमतका कार्यकर्ताले जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको र महिनौ बितिसक्दा पनि निमार्ण नगरेको भन्दै उनीमाथि दुर्व्यवहार गरिएको बताइएको छ ।