बलिउडका हाइ प्रोफाइल शाहरुख खानका छोरा आर्यन खान मुम्बई क्रुज ड्रग पार्टी केसमा पक्राउन परे संगै एकदमै जटिल परिस्थितीको सामना गरिरहेका छन्। २० अक्टोबरमा सेशंस कोर्टले आर्यन खानको जमानतको अपिललाई खारेज गरिदिएको छ । यसपछि आर्यन तथा उनको परिवारलाई थप चिन्ता बढेको छ । छोरा आर्यनको मद्धतका लागि पिता शाहरुख खान एकदमै मुश्किल संकटको सामना गरिरहेका छन् ।
यसैबीच छोरा संग भेट्न तथा उनको हाल खबर बारे जानकारी लिनका लागि आज बिहानै शाहरुख खान आर्थर रोड जेल पुगेका छन् । जेलमा यसभन्दा अघि देखि कोरोना चलिरहेकाले आमने सामने भेटघाट बन्द गरिएको थियो । बुधबार देखी महाराष्ट्रका जेलहरुमा कैदि तथा उनका परिवारजन आमने सामने मिल्न नपाउने प्रतिबन्ध हटाइएको छ । यसैकारण शाहरुख खान आफ्नो छोरालाई हतार हतारमा भेट्न तथा गफ गर्न पुगेका हुन् । आर्यन खान १४ दिन देखी आर्थर रोड जेलमा रहेका छन् ।
शाहरुख खान भिडियो कल मार्फत छोरा संग गफ गर्न पाइरहेका थिए । तर आज आर्थर रोड जेलमै पुगेर शाहरुख खानले आफ्नो छोरा आर्यन संग भेट गरेका छन् । यस बातचितको दौरानमा बाउ छोराको बीचमा सिसाको दिवार रहेको थियो । दुबै जनाले इन्टरकमको माध्यम बाट गफ गरेका थिए । उनीहरु बीच १६ देखी १८ मिनेट सम्म गफ भएको थियो । दुबै जनाको साथमा जेलका अधिकारीहरु रहेका थिए । यसअघि जेलमा रहेका कैदीहरुलाई हप्तामा २ पटक भिडियो कल मार्फत बातचित गर्न दिइने गरिएको थियो ।