शिल्पा शेट्टी तथा राज कुन्द्राले अभिनेत्री शर्लिन चोपडाका बिरुद्ध एक्सन लिदै ५० करोडको मानहानीको केस दर्ता गरेका छन् । तर यस मुद्धा प्रति शर्लिन चोपडाले प्रतिक्रिया दिएकी छिन् । शर्लिनले ट्वीट गर्दै शिल्पा तथा राज कुन्द्रा माथि धम्काएको तथा अण्डरवल्र्डको धम्कि दिएको आरोप लगाएकी छिन् । शर्लिनले ट्वीट गर्दै लेखेकी छिन्– १९ अप्रिल २०२१ मा राज कुन्द्राले मलाई मेरै घरमा आएर अण्डरवल्र्डको धम्कि दिएका थिए । उनकी श्रीमति शिल्पा शेट्टीले भने फोन बाट मलाई त्यसै दिन धम्कि दिदै भनेकी थिईन्– यदि राजको यौन शोषण तथा रेपको खबर बाहिर आयो भने मेरो बिरुद्ध करोडौ रुपैयाको मानहानीको मुद्धा दर्ता गर्ने उनले धम्कि दिएकी थिईन् ।
शर्लिनले भनेकी छिन्– तपाई कुनै कलाकारको यौन शोषण गर्न सक्नु हुन्न, उसलाई रेप गर्न सक्नु हुन्न । साथै उसको बिरुद्ध मानहानीको मुद्धा दर्ता गर्छु भनेर धम्क्याउनु जायज हैन । शर्लिनले लगातार राज कुन्द्रा र शिल्पालाई पोर्नोग्राफी केसमा एक पछि अर्को आरोपहरु लगाई रहेकी छिन् । उनको आरोपहरु मनगढन्ते रहेको र आफ्नो मानहानी भएको भन्दै शिल्पा र राजले शर्लिन बिरुद्ध ५० करोडको मानहानीको मुद्धा दर्ता गरेका छन् ।