कोरोना महामारी थप एक वर्ष लम्बिन सक्ने भन्दै डब्ल्यूएचओले दियो चेतावनी — OSNepal

कोरोना महामारी थप एक वर्ष लम्बिन सक्ने भन्दै डब्ल्यूएचओले दियो चेतावनी

LC (KTM) October 21, 2021 0

काठमाडौं ४ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ कोरोना भाइरसका महामारी सन् २०२२ सम्म लम्बिन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओ का वरिष्ठ अधिकारी डा। ब्रुस एल्वर्डले दिएको जानकारी अनुसार कोरोना महामारी ‘सन् २०२२ को अन्त्यसम्मै मजाले लम्बिने भएको छ ।

हालसम्म अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोरोना खोप पाएको छन् । अधिकांश महादेशमा भने ४० प्रतिशतले खोप पाइसकेको तथ्यांक रहेको छ ।

अधिकांश कोभिडविरुद्धको खोप उच्च वा मध्यम आय भएका देशहरूले पाएकाले उत्पादक कम्पनीहरूले कम आय भएका मुलुकहरूलाई प्राथमिकतामा राख्न सकून् भन्ने उद्देश्यले डा. एल्वर्डले सम्पन्न देशहरूलाई खोपको लागि दिएको ‘अर्डर’ छोड्न अपिल समेत गरेका छन् ।

गरिब देशहरूले आवश्यक खोप नपाइरहेकाले महामारी थप एक वर्ष लम्बिन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर