देउवा सरकारका १०० दिन : काम कम, आलोचना धेरै — OSNepal

देउवा सरकारका १०० दिन : काम कम, आलोचना धेरै

LC (KTM) October 21, 2021 0

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको मंगलबार सय दिन पूरा भएको छ । प्रधानमन्त्रीको सचिवालयले १ सय दिनको अवधिमा सरकारले हासिल गरेको उपलब्धिको २४ वटा सूची सार्वजनिक गरेको छ ।याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

सरकारले सन्तुलित परराष्ट्र नीति लिएको, खोप कूटनीतिमा सफलता प्राप्त गर्नुको साथै १ करोड ५० लाख खोप व्यवस्थापनलाई उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । लक्ष्यअनुसार ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाएको बताउँदै सचिवालयले लगानीमैत्री वातावरणको सिर्जना गरेर निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम गरेको उल्लेख गरेको छ । सरकारको उपलब्धिका रूपमा सचिवालयले कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज सार्वजनिक गरेको, कोभिड–१९ को प्रभावकारी रूपमा रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गरेको, चुस्त सुरक्षा व्यवस्था गरेको, प्रभावकारी रूपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सफल भएको बताएको छ ।

यस अवधिमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार गर्नुको साथै विद्युतीय लाइन विस्तार तथा विद्युत्को पहुँचमा वृद्धि गर्न सफल भएको पनि उपलब्धिका रूपमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर