सन् २०२० मा नारकोटिक्स कन्ट्रोल ब्युरो अर्थात एनसीबीले बलिउडमा सफाई अभियानको सुरुवात गरेको थियो । फिल्मी दुनियाबाट ड्रग्सलाई जरै देखी निकाल्नको लागि समीर वानखडे तथा उनको टीमले बलिउड स्टार्सलाई आफ्नो घेरामा लिएका थिए । यसैक्रममा सुसान्त सिंह राजपुतकी गर्लफ्रेण्ड तथा नायिका रिया चक्रवर्ती पक्राउ परिन् । यस बर्ष फेरी चर्चित बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेका छन् । रिया चक्रवर्तीलाई ८ सेप्टेम्बर २०२० मा एनसीबीले गिरफ्तार गरेको थियो ।
उनी लगभग १ महिना सम्म जेलमा बसेकी थिईन् । रियालाई मुम्बईको बायकुला जेल बाट ७ अक्टोबरमा रिहाई मिलेको थियो । तर यता आर्यन खानलाई भने ठिक एक बर्ष पछि अक्टोबर ७ तारिककै दिन किला कोर्टले १४ दिनको न्यायिक हिरासतको सजाय सुनाएको थियो । यी दुबै पात्र बिच समानता रहेको छ । त्यो के हो भने २८ बर्षिया रियाको तथा आर्यनको साथ बाट भने कुनै ड्रग्स बरामद भएको थिएन । दुबैले यस केसमा फोनको प्रयोग गरेको पाइएको छ ।
त्यसैले एनसीबीले आफ्नो सोच यस्तो बनायो कि यी दुबैको सम्बन्ध ठुलै ड्रग्सको गिरोह संग रहेको छ । रियाले आफुले ड्रग्स खरीद गरेर सुशान्त सिंह राजपुतलाई सप्लाई गर्ने गरेको उनकै मोबाइल फोन तथा व्हाट्सएप बाट खुलेको थियो । त्यस्तै आर्यनको पनि व्हाट्सएप च्याट तथा उनले प्रयोग गरेको मोबाईल फोन उनकै लागि भिलेन बनेको छ । यसैलाई लिएर एनसीबीले अनुषन्धान गरिरहेको छ ।