काठमाडौं ३ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री गगन थापा नेपालको तर्फबाट विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा निर्वाचित भएका छन् ।
योसँगै उनले अब १४० भन्दा बढी देशका सांसदहरूसँगै समावेशी विकासका लागि काम गर्ने अवसर पाएका छन् ।
थापा अब विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रकोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको वोर्ड सदस्यमा सन् २०२१ देखि २०२३ सम्म रहने भएका छन् ।
आफु निर्वाचिन भएको भन्दै उनले आफुले सक्दो योगदान दिने , यस अवसरलाई सम्वन्ध विस्तार समेत गर्ने बताएका छन् ।