काठमाडौं ३ कात्तिक । जागरि लगाइदिन्छु भन्दै १४ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका ३ घर भइ हाल चाबहिल बस्ने निलम भट्टराई रहेका छन ।
उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सुर्खेतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
तनहुँको शुक्ला गण्डकीकी दुर्गा पौडेललाई राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगादिने भन्दै पटक पटक गरी १४ लाख ५० हजार अशुली जागिर पक्का भयो भन्दै काठमाडौं बोलाएर आफु सम्पर्कविहिन भएका थिए ।
मंगलबा पक्राउ गरेका निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज बुधबार महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको बताइएको छ ।