आफ्नै सरकारसँग कांग्रेसले गर्यो अपिल — OSNepal

आफ्नै सरकारसँग कांग्रेसले गर्यो अपिल

LC (KTM) October 20, 2021 0

काठमाडौँ ३ कात्तिक । नेपाली कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले आफ्ने सरकारसँग बाढी पहिरोबाट पिडित घाइते भएका , वेपत्ता भएकाहरुको राहत , उपचार तथा उद्धार गर्न आग्रह गरेका छन् ।

आज बुधबार पौडेलले एक विज्ञप्ती जारी गर्दै सरकारसँग यस विषयलाई तिव्रता दिन आग्रह गरेका छन् ।

बाढीपहिरोमा परी सम्पर्कविहीन भएकाको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न विज्ञप्ती मार्फत सरकारसँग माग गरेका छन् ।

पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘बाढीपहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न काग्रेसले अपिल गर्दछ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर