पशुपति प्रसाद बाट सबैको दिल र दिमागमा बस्न सफल कलाकारको नाम हो खगेन्द्र लामिछाने । उनको जिवन्त अभिनयले सबैलाई आफु तिर खिचेको छ । उनी एक सफल कलाकारको रुपमा त दर्शकले पाईसकेका छन् । तर यीनै कलाकार खगेन्द्रलाई अब भने निर्देशकको रुपमा समेत देखिने भएको छ । उनले आफै लेखेको नाटकलाई फिल्मको रुप दिएर निर्देशन खगेन्द्रले गरेका छन् । उनले आफु थिएटरमै रहदा तयार गरेको नाटक पानी फोटो लाई आफैले निर्देशन गरेका हुन् ।
‘पानीफोटो’ अब रिलिजको तयारीमा जुटि रहेको छ । कोरोनाको प्रभावका कारण फिल्म रिलिज हुन समय लागेको बताइएको छ । उनले आफुले नाटक मञ्चन गदृै गर्दा देखेको सपना अब पुरा हुन लागेको समेत बताए । यस फिल्ममा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा आमाको कथालाई देखाउन खोजिएको छ ।
फिल्मलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन् । फिल्ममा उनी संगै सबै कलाकार थिएटर बाटै आएका रहेका छन् । सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, श्यामकुमार खड्का लगायतको अभिनय यस फिल्ममा देख्न पाईनेछ ।