काठमाडौं ३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २२ पीसीआर परीक्षणमा ५३५ जना र १ हजार ४०४ एन्टिजेन परीक्षणमा १२७ जना गरी ६६२ जनामा संक्रमण भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको ज्यान गएको छ । साथै ७ सय ५८ जना कोरोनाम्क्त भएको मन्त्रालयले जनाएको छ ।
संक्रमति मध्ये काठमाडौंमा १९५, ललितपुरमा ३५ र भक्तपुरमा २३ जना रहेका छन् ।