शाहरुख खानको छोरा आर्यन खानको जमानतका बिषयमा आज फैसला आउँदैछ । मुम्बई क्रुज ड्रग्स केसमा फसेका आर्यनको बेलको अपिल केही दिन देखी टर्दै आईरहेको छ । १४ अक्टोबरमा सेशंस कोर्टमा जजले वकीलको दलील सुनेर फैसला सुरक्षित राखेको थियो । आज आर्यनको प्रतिक्षा सकिने अनुमान गरिएको छ । एनडीपीएसको बिशेष अदालतले बुधबार अर्थात आज शाहरुख खानका छोरा आर्यन खानको जमानत अपिलमा आज फैसला सुनाउनेछ ।
आर्यन यति बेला मुम्बईको आर्थर रोड जेलमा रहेका छन् । १४ अक्टोबरको सुनवाइए पछि न्यायाधिश बीबी पाटीलले जमानत अपिल माथि आफ्नो फैसला सुरक्षित राखेका थिए । आर्यन खानको केस हेरिरहेका जुनियर वकील स्पेशल एनडीपीएस कोर्ट पुगेका छन् । सिनियर वकील अमित देसाई आर्यन खानको केस लडिरहेका छन् । अमित देसखाई पनि कोर्ट पुगिसकेका छन् ।
जज अर्थात न्यायाधिश वीवी पाटीलले आर्यनको जमानतका बिषयमा आज फैसला सुनाउने भएका हुन् । एनसीबी तथा आर्यनका वकील बीच आ–आफ्नो दलील पेश भएका छन् । आर्यन लाई आज बेल या जेल मिल्ने त्यो भने हेर्न बाँकि नै रहेको छ ।