बेमौसममा आएको बाढी पहिरोको वितण्डता : ४८ जनाको मृत्यु , ३१ जना वेपत्ता — OSNepal

बेमौसममा आएको बाढी पहिरोको वितण्डता : ४८ जनाको मृत्यु , ३१ जना वेपत्ता

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कात्तिक । देशभर विगत तिन दिन देखि आएको वर्षाले निम्त्याएको बाढी र पहिरोमा परि ४८ जनाले ज्यान गुमाएका छन् । भने ३१ जना वेपत्ता र २३ जना घाइते भएका छन् । आज बुधबार बिहान १२ बजेसम्मको तथ्यांकबाट यो सुचना सार्वजनिक गरिएको हो ।

विपद् व्यवस्थापन महाशाखाले जारी गरेको आधारमा बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको जनाइएको हो । देशभर निरन्तर परेको पानीले भित्र्याउने बेला भएको धान खेतमा नै विलिन हुँदा किसानको आँखाबाट आशु झरेको छ ।

एकै परिवारका कर्यौले ज्यान गुमाएका छन् । विपदमा परेका व्यक्तिहरुको निजी हेलिकप्टर मार्फत पनि उद्धार गरिने गृहमन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर