माछा मार्न जाँदा कर्णालीको बाढीमा थुनिएका तीन जनाको दुई दिनपछि सकुशल उद्धार — OSNepal

माछा मार्न जाँदा कर्णालीको बाढीमा थुनिएका तीन जनाको दुई दिनपछि सकुशल उद्धार

LC (KTM) October 20, 2021 0

धनगढी, ३ कात्तिक- माछा मार्न गएका बेला कर्णाली आएको बाढीले थुनिएका तीन जनाको सकुशल उद्धार गरिएको छ । कैलाली लक्मीचुहा नगरपालिकाका उनीहरूलाई बुधबार उद्धार गरिएको हो। तीनै जनालाई कैलालीको जानकी गाउँपालिका–९ र बर्दियाको बीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुबाट उद्ध गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरूको अवस्था सामान्य रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए । सोमबार माछा मार्न गएका लम्कीचुहा नगरपालिका–३ का ६१ वर्षीय खडकबहादुर घर्तीमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तीमगर र २६ वर्षीय खडक रानामगर दुई दिनसम्म सम्पर्कविहीन बनेका थिए । कर्णालीमा नदीको बहाव बढ्दै जाँदा तीनै जना टापुमा फसेको र बुधबार तीनै जनाको उद्धार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर