प्रदेश १ मा बाढी पहिरोमा परि २२ जनाको गयो ज्यान — OSNepal

प्रदेश १ मा बाढी पहिरोमा परि २२ जनाको गयो ज्यान

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कात्तिक । लगातार आएको पानीका कारण गएको बाढी पहिरोमा परि प्रदेश १ मा मात्रै २२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पाहाडी जिल्लाका २० र तराईका दुई जना रहेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले दिएको जानकारी अनुसार धनकुटामा पहिरोमा परि ६ जनाको ज्यान गएको छ भने इलामा सात जनाको ज्यान गएको छ ।

यसैगरी ,पाँचथरमा पनि ६ जना,सुनसरीमा दुई र उदयपुरमा एक जनाको ज्यान गएको छ । धनकुटाकै बिसे गाउँपालिका-१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति गएको पहिरोमा परि ६ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर