बेमौसममा दर्किएको पानीले देशभर ३० जनाको मृत्यु , ३२ जना वेपत्ता, १२ जना घाइते — OSNepal

बेमौसममा दर्किएको पानीले देशभर ३० जनाको मृत्यु , ३२ जना वेपत्ता, १२ जना घाइते

LC (KTM) October 20, 2021 0

काठमाडौँ ३ कार्तिक । लगातार परेको अविरल वर्षाकारण देशभर आएको बाढी र पहिरोमा परि देशभर ३० जनाको ज्यान गएको छ भने ३२ जना वेपता भएका छन् । गृह मन्त्रालयले दिएको जानकारी अनुसार आज बिहान १० बजे सम्म ३० जनाको ज्यान गएको हो ।

उक्त घटनामा १२ जना घाइते भएका छन् । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार बैतडीमा मंगलबार राम पार्कीको घर भत्किँदा दुई महिला र एक बालकको पुरिएर मृत्यु भएको , बैतडीकै सुर्नैया गाउँपालिका-५, विष्टपालीमा पहिरो जाँदा ७१ वर्षीया पारुदेवी महरा पनि ज्यान गएको छ घटनामा दुई जना घाइते समेत भएका छन् ।

त्यसैगरी ,प्रदेश १ को धनकुटास्थित चौविसे गाउँपालिका-१, गेडेरेमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।डोटीको शिखर नगरपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिकामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ । साथै एक जना वेपत्ता र दुई जना घाइते भएका छन् ।

त्यसैगरी, पाँचथरमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ साथै एक जना घाइते छन् । फाल्गुनन्द गाउँपालिका-३ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र ६ जना घाइते छन् ।

जोरायल गाउँपालिका-३ मा जोगी सार्कीको घर पहिरोले पुरिँदा ६३ वर्षीय सार्कीको मृत्यु, वडा नं. ४ मा शेरबहादुर विकसहित ४ जनाको मृत्यु , शिखर नगरपालिका-११ मा ३६ वर्षीया मन्धराको बलायर बाटो माथिबाट खसेको पहिरोले पररिदा मृत्यु , सायल गाउँपालिका ५ मा हिरुवा लोहारको मृत्यु,कुम्बाक गाउँपालिका-१, लाक्टोपामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु,फिदिम-४, जोरसालमा दुई जनाको मृत्यु , दुई जान घाइते साथै सल्लेरीमा चार जना बेपत्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर