काठमडौँ । चर्चित नायिका उमा महेश्वरीको ४० वर्षको उमेरमा निधन भएको छ । साउथ शो मेट्टी ओली बाट लोकप्रियता कमाएकी उमाका पति
मुरुगन पशु चिकित्सक हुन्। उमाकी आमाको भूमिका निभाउने अभिनेत्री शान्ति विलियम्सका अनुसार उमाले मर्नु भन्दा अगाडी निकै असहज महशुस गरिरहेकी थिइन् ।
निधन हुनुभन्दा अगाडी उमा लडेकी थिइन् । उमाको निधन भएसँगै थुप्रै भारतीय कलाकारहरुले उनको निधनमा सामाजिक सञ्जालमा उनलाई सम्झँदै समवेदना प्रकट गरिरहेका छन्।
उमाको निधनसँगै उनको आमाको भूमिका निभाएकी शान्तिले उनको मृत्युको खबर सुनेर म स्तब्ध भएको प्रतिक्रिया दिएकी छिन् । ान्तिका अनुसार उमा पोलियोबाट पीडित थिइन् । उमा पोलियोबाट पीडित थिइन् र उनको उपचार चलिरहेको समाचारमा जनाइएको छ ।