पोखरीका माछा मर्न थालेपछि तनहुँका किसान चिन्तित — OSNepal

पोखरीका माछा मर्न थालेपछि तनहुँका किसान चिन्तित

LC (KTM) October 20, 2021 0

व्यास नगरपालिका–१२ स्थित छिर्कन निवासी नरबहादुर विक पोखरीमा पालेमने माछा एकाएक मर्न थालेपछि चिन्तित बन्नुभएको छ । करिब साढे दुई रोपनी क्षेत्रफलमा बनाइएको पोखरीमा राखिएको तीन हजार ५०० माछामध्ये केही मर्न थालेपछि उहाँ चिन्तित बन्नुभएको हो ।

करिब १०० को हाराहारीमा माछा मर्न थालेपछि मङ्गलबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा ल्याएर माछाको परीक्षण गरिएको छ । करिब चार महिनाको अवधिपश्चात अन्तिम चरणमा रहेको माछा मर्न थालेपछि थप पीडा भएको उहाँले बताउनुभयो ।

पोखरीमा कमन ग्रास, रघु र सिल्भर जातको माछा योसहित तेस्रो पटक पालन गर्दै आए पनि यस्तो अवस्था नआएकामा कसैले बिषादी फ्याँकी दिएको हुन सक्ने आशङ्का विकको छ । उहाँका पोखरीमा हाल एकदेखि डेढ केजीसम्मका माछा उत्पादन भएका छन् ।

विकले साढे दुई रोपनी क्षेत्रफलमा पोखरी निर्माण गरी विभिन्न जातका माछा पाल्नुभएको छ । चिकित्सकको सल्लाहअनुरुप पोखरीको पानी मोटरको सहायताले फ््याँकेर नयाँ पानी राख्ने कार्य थालिएको उहाँले बताउनुभयो ।

माछाको चिरफार गर्दा आन्द्रा र छालामा समस्या देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डाक्टर रोशन ज्ञवालीले जानकारी दिनुभयो । अल्सरका कारण पनि माछामा उक्त समस्या आउन सक्ने भएकोले सोहीअनुरुप उपचारमा लागिएको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर