चीन सरकारले गर्याे नेपाललाई थप २० लाख डोज खोप दिने घोषणा — OSNepal

चीन सरकारले गर्याे नेपाललाई थप २० लाख डोज खोप दिने घोषणा

LC (KTM) October 19, 2021 0

काठमाडौं २ कात्तिक । नेपाललाई थप चीनले २० लाख डोज कोरोना विरुद्धको खोप अनुदान गर्ने भएको छ । आज मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन सम्वादमा यस्तो घोषणा भएको हो ।

परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको समेत निम्तो दिइएको जानकारी मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार दुई बिचको टेलिफोन संवादमा दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर