एजेन्सी- बलिउडका चर्चित संगितकार विजय पाटिलको निधन भएको छ । भारतिय मिडियाका अनुसार पटेलको हृदयघातका कारण शनिबार निधन भएको हो ।‘मैने प्यार किया’, ‘हम आपके है कौन’ जस्ता थुप्रै हिट फिल्ममा उनले संगित भरेका थिए ।७९ वर्षका उनको नागपुरमा निधन भएको हो । उनको निधनले बलिउडमा अर्को शोक भएको छ ।
गायक कुमार सानुले पनि उनको निधनप्रति शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्– ‘रामलक्ष्मण मलाई प्रेमले कुमारजी भनेर बोलाउँथे । गीत सिकाउने समय गायकसँग जहिले पनि साथीको जस्तो ब्यवहार गर्दथे । कुनै गीत गाउँदा गाह्रो भए हिम्मत दिन्थे, गाउन सक्छौ भनेर हौसला दिन्थे ।
उनको यही स्वभावको कारणले सबै कलाकारको प्रिय थिए ।’विजय पाटिल पहिले रामलक्ष्मणको नामबाट चिनिने गर्दथे । उनको साथमा रामको जोडी थियो । उनीहरु दुबै मिलेर संगीत दिन्थे । अचानक रामको निधन भयो । त्यो समयदेखि विजयले पुरा नाम रामलक्ष्मण राखेका थिए ।