लामो समयदेखि रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्र आइपुग्ने — OSNepal

लामो समयदेखि रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्र आइपुग्ने

LC (KTM) October 19, 2021 0

लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण ९मास प्रिन्टर०मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन ।

‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरीद गरिएको र कार्ड अर्को कम्पनीबाट खरीद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले बताएको छ । अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन भनिएको महानिर्देशक नमराज घिमिरेले बताए । ‘कम्पनीसँग कार्ड ल्याउने विषयमा कुराकानी भइरहेको छ,’ उनले भने । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख आउनुपर्ने विभागले बताएको छ । विभागले चाँडो ल्याउन सहजीकरण गरिदिने भएको छ । अहिले १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने र आगामी दिनमा पनि त्यही समस्या दोहोरिन नदिन ध्यान दिइने महानिर्देशक घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर