काठमाडौं – सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुुस गरिएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार सोमबार दिउँसो लगातार दुईवटाभूकम्प गएको हो । दिँउसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४।७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनकेन्द्रले जनाएको छ ।
भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आइसकेको छैन् । भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भुकम्पको महशुस पछि सर्वसाधारण जनता त्रसित बनेका थिए । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।