मुम्बई – बलिउडमा केही यस्ता नायिका छन् जो विदेशमा जन्मेर पनि बलिउडमा राज गरिरहेकी छन्। भन्ने गरिन्छ बलिउडमा जम्नका लागि हिन्दी पनि राम्रो हुनुपर्छ। तर भारतका केही यस्ता नायिका छन् जसको नाम र काम नै पहिचानका लागि काफी छ। त्यस्ता केही नायिकाको यहाँ चर्चा गर्न खोजिएको छ।
कट्रिना कैफ-कट्रिना कैफ बलिउडकी सफल नायिकामा पर्छिन। उनको वास्तविक नाम कट्रिना टाँरकूटो हो। उनी १६ जुलाई १९८३ मा हङकङमा जन्मेकी हुन्। हङकङमा जन्मेकी कट्रिनाको नागरिकता भने ब्रिटेनको छ। उनले २००३ मा ‘बुम’ फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन्।
२००४ सालमा ‘मल्लीस्वरी’ चलचित्रमा अभिनय गरेपनि उनको पहिचान भने सलमानको ‘मैने प्यार क्यु किया’ बाट स्थापित भयो। त्यसपछि उनीद्वारा अभिनित चलचित्र ‘वेलकम’ पनि सुपरहिट बन्न सफल भयो। यही चलचित्रबाट उनी दुईपटक उत्कृष्ट अभिनेत्रीको मनोनयनमा पर्न सफल भइन्। उनले अभिनय गरेको चलचित्र ‘टाइगर जिन्दा है’ले पनि बक्स अफिसमा राम्रो व्यापार गरेको छ। उनले बलिउडका चर्चित नायक तीन खान ९सलमान, शाहरुख र आमिर०सँग अभिनय गरिसकेकी छन्।
दीपिका पादुकोण-दीपिका पादुकोण पछिल्लो पुस्ताकी सफल अभिनेत्री हुन्। ५ जनवरी १९८६ मा डेनमार्कमा जन्मेकी पादुकोण बलिउडकी निकै चलेकी नायिका हुन्। उनले अहिलेसम्म तीन ओटा चलचित्रबाट अवार्ड हात पारिसकेकी छन्। उनले फराह खानको चलचित्र ‘ओम शान्ति’बाट बलिउडमा प्रवेश गरेकी थिइन्। ‘रामलीला, बाजीराव मस्तानी र पद्मावत’ उनको करियरका सबैभन्दा महत्वपूर्ण फिल्म हुन्।