कांग्रेस नेतृ देउवाद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान — OSNepal

कांग्रेस नेतृ देउवाद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान

LC (KTM) May 23, 2021 0

कैलाली, ९ जेठ – नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले धनगढीको सेती प्रादेशिक अस्पताललाई आज अक्सिजन कन्सेन्ट्रेटर प्रदान गर्नु भएको छ । नेतृ डा देउवाले प्रादेशिक अस्पताललाई दुई थान अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराउनु भएको अस्पतालले जनाएको छ । सो अक्सिजन कन्सेन्ट्रेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले आजै बुझ्नु भएको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ को उम्मेदवार समेत हुनु भएकी नेतृ देउवाले यसअघि अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा रु। १० लाख आर्थिक सहयोग गर्नु भएको उमहानगरपालिकाले जनाएको छ ।

यस्तै अक्सिजन प्लान्ट स्थापनाका लागि उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा निर्माण व्यवसायी सङ्घ कैलालीले सहयोग गरेको छ । नगरप्रमुख नृपबहादुर वडलाई आज निर्माण व्यवसायी सङ्घ कैलाली परिवारले रु चार लाख २१ हजार सहयोगको चेक हस्तान्तरण गरेको छ । सो कोषमा सङ्गम सहकारी वचत तथा ऋण सहकारी संस्थाले पनि रु ७५ हजार सहयोग गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर