फुटको संघारमा जसपा ! यादवले गरेको निणर्य अमान्य हुने भन्दै अध्यक्ष ठाकुरले निकाले यस्तो विज्ञप्ती — OSNepal

फुटको संघारमा जसपा ! यादवले गरेको निणर्य अमान्य हुने भन्दै अध्यक्ष ठाकुरले निकाले यस्तो विज्ञप्ती

LC (KTM) May 23, 2021 0

काठमाडौँ ९ जेठ । जनता समाजवादी पार्टी (जसपा) पनि फुटको नजिक पुगेको छ । आज अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ती जारी गर्दै उपेन्द्र यादव समुहले गरेको निणर्य मान्य नहुने भन्दै आक्रोश पोखेका छन् ।

यादव समुहले बोलाएको कार्यकारीणी बैठकको निणर्य अमान्य हुने भन्दै ठाकुरले विज्ञप्तीमा भनेका छन्, जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ ।’

पक्षले उपेन्द्र यादव पक्षले बोलाएको कार्यकारिणी बैठकले गर्ने निर्णय अमान्य हुने बताएको छ ।पार्टी कार्यालउ बालकुमारीमा तय भएको पार्टीको कार्यकारीणी बैठक कोरोनाको महामारीले कारण स्थगित गरिएको तथापी कुनै गोप्य स्थानमा गरिएको भनिएको बैठक प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको विज्ञेप्तीमा उल्लेख गरिएको छ । ,तर अर्को पक्षले राखेको बैठकले गरेका निर्णय अमान्य हुने बताएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर