काठमाडौँ, ३१ असोज – २४ घण्टामा नेपालमा थप ३९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको छ हजार ९६६ पीसीआर परीक्षणका क्रममा ३८५ र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा छ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ लाख ९८ हजार ३९९ पुगेको छ । हाल १२ हजार २९७ सक्रिय सङ्क्रमित आइसोलेसन र २३१ जना क्वारेन्टाइनमा छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप छ को मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ११ हजार २८४ को कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी आज ६८० सङ्क्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा सात लाख ८१ हजार ४५६ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । (रासस)