संक्रमति भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्यो , ३९१ जनामा संक्रमण हुँदा ६८० जना भए संक्रमण मुक्त — OSNepal

संक्रमति भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्यो , ३९१ जनामा संक्रमण हुँदा ६८० जना भए संक्रमण मुक्त

LC (KTM) October 17, 2021 0

काठमाडौं ३१ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५ हजार ४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार ६ हजार ९ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ३८५ जना र १ हजार १ सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप ६ जनाको ज्यान गएको छ । साथै ६ सय ८० जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका बिरामीमध्ये २९९ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत् भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर