तोकिएभन्दा बढी भाडा लिने अधिकार हामीसँग छैन : विजय स्वाँर — OSNepal

तोकिएभन्दा बढी भाडा लिने अधिकार हामीसँग छैन : विजय स्वाँर

LC (KTM) October 17, 2021 0

काठमाडौं ३१ असोज । नेपाल राष्ट्रिय यातायात महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले तोकिएभन्दा बढी भाडा लिने अधिकार आफुसँग नभएको बताएका छन् । आज आइतबार बिहान एक कार्यक्रममा सहभागी भएका स्वाँरले चाडबाडको मौका छोपेर यात्रुसँग बढी भाडा नलिएको दावी गर्दै यस्तो जानकारी दिएका हुन् ।

“तेलको बजाउभाउ बढेकाले संघीय सरकारको निर्णय अनुसार भाडा समायोजन भएको हो, हामीले समायोजन अनुसार भाडा लिएका हौं । तोकिएभन्दा बढी भाडा लिने अधिकार हामीसँग छैन । त्यसरी कसैले लिन पाउँदैन”उनले भने । आफुहरु आफैं कारबाही गर्ने नियामक निकाय नभएको जानकारी दिएका उनले अनुगमन गरी कारबाहीको घेरामा ल्याउँदा आफ्नो कुनै आपत्ती नभएको समेत बताएका छन् ।

आफ्नो ज्यानको जोखिम मोलेर यात्रुलाई गन्तव्य स्थलमा पुर्याउने सवारी चालकलाई त हामीले धन्यवाद दिनुपर्नेमा सडक दुर्घटना हुँदा दोष जति सवारी साधन र चालकलाई दिएर सरकारी पक्ष ढाकछोपमा लाग्ने गरेको उनले कार्यक्रममा आरोप समेत लगाएका छन् ।

‘सार्वजनिक यातायात जनताको आधारभूत आवश्यकता हो । यसका समस्यालाई समाधान गर्दै जानुपर्नेमा बस या श्रमिक साथीको थाप्लोमा हालेर पन्छिने गरिएको छ । सडक कति जीर्ण छ, मतलब छैन,’ । उनले अघि भनेका छन् , ‘ज्यान जोखिममा राखेर यात्रुलाई गन्तव्यमा पुर्याउने सवारी चालकलाई त हामीले धन्यवाद पो भन्नुपर्ने हो । यहाँ त सडक दुर्घटना हुँदा छानबिनै हुँदैन । श्रमिक दाजुभाइका ज्यान सस्तो जहाजमा चढ्नेको महँगो होइन नि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर