काठमाडौँ । लोकप्रिय नायिका तथा सामाजिक अभियन्ता श्वेता खड्काले समाजप्रतिको जिम्मेवारी नभुल्ने प्रण गरेकी छिन् । श्वेताले सामाजिक कामलाई निरन्तरता दिने उल्लेख गर्दै आँफु अभिनय सँगसँगै सामाजिक काममा पनि लाग्ने बताइन् । श्वेताले सामाजिक संजालमा आफ्नो भनाई राख्दै श्वेताले भनेकी छिन्–‘हो, मेरो अभिनयको क्षेत्र भिन्नै छ । जहाँ म नचाहेर पनि हास्नुपर्छ, मन नलागी नलागी रुनु पर्छ । थाकेको हुन्छु, नाच्नु पर्छ । मौन बस्ने मन हुँदा हुँदै, गुनगुनाएको जस्तो गर्नुपर्छ । त्यो चलचित्रको एउटा पाटो हो । तर, सामाजिक जिम्मेवारी अर्कै छ । जहाँ अभिनय भन्दा पनि वास्तविक जीवनको भोगाइमा मिसिइन्छ ।
अर्काको दुःख आफ्नै जस्तै लागेर रोइन्छ अनी अर्काको सुखमा हाँसी खुशी रमाइन्छ । जहाँ मन जोडिन्छ, त्यहाँ भावना मिल्छ ।’ आफ्नो स्टाटसको अगाडी श्वेता थप्छिन् मेरो सामाजिक कर्मलाई अभिनयले नभएर मनले जोडेर राख्ने चाहाना छ र त्यो म जरुर पूरा गर्नेछु । श्वेताले अगाडी लेख्छिन् ‘मेरो क्षमता, गक्ष, सिपले जे भ्याउँछ त्यही प्रयोग गर्दै मन बाट नै सामाजिक सेवाको क्षेत्रमा होम्मिने छु ।
मेरो जिन्दगी रहेसम्म म समाजप्रतिको जिम्मेवारी भुल्ने छैन । यो मेरो प्रण हो ।’ सिन्धुपाल्चोकमा माझीहरुलाई विशाल बस्ती निर्माण बस्ती निर्माण गरेकी श्वेताले कोरोनाको महामारीको जारी दोश्रो लहरको समयमा हाम्रो टिम नेपाललाई १ लाख ३० हजार रुपैयाँ सहयोग गरेकी छिन् । यो कदमलाई उनले आगामी दिनमा पनि निरन्तरता दिने जनाएकी छिन् ।