मानव स्वास्थ्यमा गम्भिर असर पार्ने रसायन मिसाई बनाएको बालाजुको एक स्यानीटाइजर कम्पनीमा प्रहरीको छापा — OSNepal

मानव स्वास्थ्यमा गम्भिर असर पार्ने रसायन मिसाई बनाएको बालाजुको एक स्यानीटाइजर कम्पनीमा प्रहरीको छापा

LC (KTM) May 23, 2021 0

काठमाडौँ ९ जेठ । बालाजुको एक स्यानीटाइजर उत्पादन कम्पनीमा प्रहरीले छापा मारेको छ । ब्राण्डको नाम मै नराखी मानव स्वास्थ्यमा गम्भिर असर पार्ने रसायन मिसाई ठूलो परिणाममा स्यानीटाइजर बजार पठाएको भेटिएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बालाजु औधोगिक क्षेत्रभित्र रहेको उक्त कम्पनीमा छापा मारेको हो ।

उक्त स्यानीटाइजरको गुणस्तर पत्ता लगाउन औषधि व्यवस्था विभागको ल्याबमा गरिएको परिक्षणमा २५ प्रतिशत मेथानोल प्रयोग गरिएको पाइएको छ ।महामशाखाका एसएसपी चन्द्र कुँवेर खापुड दिएको जानकारी अनुसार ८ ट्रक भन्दा धेरै स्यानीटाइजर बरामद गरिएको र अझै कति छ भनेर यकिन नभएको समेत बताएका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर