चुनाव भन्दा अगाडी नै सबै नेपाली जनतालाई कोरोना विरुद्धको खोप उपलब्ध हुन्छ : प्रधानमन्त्री ओली — OSNepal

चुनाव भन्दा अगाडी नै सबै नेपाली जनतालाई कोरोना विरुद्धको खोप उपलब्ध हुन्छ : प्रधानमन्त्री ओली

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडी नै सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउने बताएका छन् ।आज आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष समेत रहेका ओलीले चुनाव भन्दा अगाडी नै सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन सरकार लागि परेको बताएका हुन् ।

जनताको उपचार गर्न पाउने हकको सरकारले सम्मान गर्दै यसको लागि सरकार अहोरात्र लागि परेको समेत ओलीले दावी गरेका छन् । खोपलाई चुनावी खर्चमा जोडेकोमा आपत्ती जनाउँदै ओलीले सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै भएको स्पष्ट पारेका हुन् । भोट र खोप भिन्ने विषय भएकाले यसलाई तुलना गर्न नमिल्न बताएका ओलीले केहि व्यक्तिहरु यसको पछि लागेको समेत आरोप लगाएका छन् ।

‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो’ उनले भने, ‘।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर