काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए २ हजार ८२१ जना संक्रमित — OSNepal

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए २ हजार ८२१ जना संक्रमित

LC (KTM) May 23, 2021 0

काठमाडौँ – काठमाडौं उपत्यकामा २४ घण्टामा २ हजार ८२१ जनामा कोरोना   पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा गरी २ हजार ८२१ जना संक्रमित थपिएका हुन् ।जसमा काठमाडौंमा १ हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जना रहेका छन् ।

२४ घण्टामा १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ ।देशभर थप १९३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर