स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन मुख्यमन्त्री भट्टको अपिल — OSNepal

स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन मुख्यमन्त्री भट्टको अपिल

LC (KTM) October 14, 2021 0

कञ्चनपुर २८ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुदूरपश्चिम प्रदेशवासीहरुलाई बडादसैँले एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता कायम गर्ने बताउनुभएको छ ।

प्रदेशवासीका नाममा आज शुभकामना सन्देश जारी गर्दै उहाँले बडादसैँले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भ्रातृत्व कायम गरी एकापसमा खुसियाली साटासाट गर्ने अवसर प्रदान गर्ने बताउनुभएको छ ।

विश्वव्यापी रुपमा रहेको कोभिड–१९ का कारण अझै सहज रुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन उहाँले प्रदेशवासीलाई अपिल गर्नुभएको छ ।

बडादसैँले आपसी, समझदारी, बन्धुत्व, सामाजिक सद्भाव तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पु¥याउने शुभेच्छासमेत उहाँले व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर