संविधानमा नभएको धर्तीमा पहिलो पटक परमादेशबाट सरकार बन्यो : अध्यक्ष ओली — OSNepal

संविधानमा नभएको धर्तीमा पहिलो पटक परमादेशबाट सरकार बन्यो : अध्यक्ष ओली

LC (KTM) October 14, 2021 0

काठमाडौं २८ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार धर्तीमा नै पहिलोपटक परमादेश बनेको दावी गरेका छन् ।

आज बिहिबार झापामा आयोजिक शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । वर्तमान सरकार सट्टापट्टामा बनेको आरोप लगाएका उनले संविधानले नदिएपनि सकार बनेको बताएका छन् ।

ओलीले कार्यक्रममा सरकार बनाउँदा सट्टापट्टा भएको त स्पष्ट देखियो भन्दै अघि भने, ‘अरू के–के भएको थियो पछि देखिएला । धर्तीमा पहिलोपटक परमादेशबाट सरकार बन्यो । संविधानमा पनि छैन, संविधानले दिँदैन तर पनि सकार बन्यो । यो दसैँले यस्ता काम नगर्न सुबुद्धि देओस् भन्ने सुभकामना छ,’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर