संसद विघटन विरुद्धको हस्ताक्षर संकलनमा नेपाल समुहका २० सांसदहरुको मात्र हस्ताक्षर — OSNepal

संसद विघटन विरुद्धको हस्ताक्षर संकलनमा नेपाल समुहका २० सांसदहरुको मात्र हस्ताक्षर

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । संसद विघटन विरुद्धको हस्ताक्षर संकलनमा नेकपा एमाले नेता माधव कुमार नेपाल समुहका २० सांसदहरुले मात्र हस्ताक्षर गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा रहेको विपक्षी गठबन्धनले सांसदको नागरिकता र हस्ताक्षर संकलन अन्तिम चरणमा पुगेको हो ।

आजै सर्वोच्च जाने तयारीमा रहेको विपक्षी गठबन्धनको तर्फबाट नेपाल समुहका ६ जना सांसदहरुले हस्ताक्षर नगरेपछि उनीहरुको पहिले गरेको हस्ताक्षरलाई नै प्रतिवद्धता जनाउने तयारी समेत भइरहेको बुझिएको छ । आफ्नै पार्टीका अध्यक्ष केपी ओली विरुद्ध विपक्षी गठबन्धनलाई प्रधानमनत्री बनाउन पहिले हस्ताक्ष्र गरेपनि आज भने ६ जना सांसदहरुले हस्ताक्षर नगरेको खुल्न आएको हो ।

सर्वोच्च अदालत जानुअघि आज बिहान सिंहदरबारमा काँग्रेस, माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनको कार्य सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर