किन ३ वर्षदेखि दसैँको टिका लगाएका छैनन् नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ? — OSNepal

किन ३ वर्षदेखि दसैँको टिका लगाएका छैनन् नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ?

LC (KTM) October 14, 2021 0

आध्यात्मिक हिसाबले यसपालि मेरो दसैँ छैन । पोहोर पनि थिएन । परार पनि थिएन । तर दसैँको रमझम लागेको छ । पुराना साथीहरूसँग भेटघाट, अहिले पार्टीको अधिवेशन लागेको हुँदा अधिवेशनसँग सम्बन्धित विभिन्न छलफलहरू, आफूसँगै पढेका साथीहरूसँग पुनर्मिलन हुन्छ । यसपालि विशेषतस् घुमघाम, भेटघाट र अधिवेशनसम्बन्धी छलफल हुन्छ ।

गाउँमा पारिवारिक भेटघाट, पुराना आत्मिय र विद्यार्थीकालका साथीहरू भेटघाट र अधिवेशनसम्बन्धी विमर्श हुन्छ । आध्यात्मिकतर्फ म परिवारसहित मन्दिर जान्छु । दर्शनभेट हुन्छ । साथै विपन्न परिवारजनलाई पनि भेट्छु । शहीद परिवारजनलाई भेट्छु ।

आफ्नो जीवन देश र समाजका लागि विभिन्न समयमा र अवस्थामा जीवन गुमाउने शहीद परिवारको भेटघाटलाई अधिवेशनको प्राथमिकता दिएको छु । शहीद श्यामसुन्दर यादवको घरमा पुगिसकेको छु । पार्टीका ज्येष्ठ नेतालाई भेट्छु । दसैँ आध्यात्मिकका साथै आत्मीय बढाउने पर्व हो । त्यसकारण कसैलाई जुठो परेर आध्यात्मिक कर्म रोकियो भने पनि आत्मीयता बढाउने कर्म कुनै जुठोले रोकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर