आज र भोलि मनकामना केबलकार बन्द — OSNepal

आज र भोलि मनकामना केबलकार बन्द

LC (KTM) October 14, 2021 0

मुग्लिन, २८ असोज-मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड- महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ । तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ ।

गत वर्ष भने कोरोना महमारीका कारण मन्दिर भक्तजनका लागि खुला नगरिएकामा यस वर्ष कोरोना जोखिम कम रहेको र धेरैले खोप लगाएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालयय प्रमुख सन्दिप खनालले बताउनुभयो ।बिहान ६ बजेसम्म भक्तजनको लाम हनुमानढोका दरबारको मूलढोकासम्म पुगेको छ । आज लाममा बस्ने सबैलाई पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइने कार्यालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर