दसैँमा कैदीबन्दीलाई खाद्यान्न सहयोग — OSNepal

दसैँमा कैदीबन्दीलाई खाद्यान्न सहयोग

LC (KTM) October 14, 2021 0

लमजुङ २७ असोज-विजयादशमीको अवरसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग गरिएको छ । लमजुङ मर्स्याङ्दी युवा क्लबले कैदीबन्दीलाई खाद्यान्न सहयोग गरेको हो ।क्लबका अध्यक्ष जुन तामाङकाअनुसार कैदीबन्दीलाई २५ किलो बासमती चामल, १५ किलो चिउरा, १५ लिटर तेल, १ बोरा भूजासँगै मसला, कोकलगायत २० हजार बराबरको सामान कैदीबन्दीलाई उपहार स्वरुप प्रदान गरेको हो ।

क्लबले विगतका वर्षदेखि नै दसैंको अवसरमा कैदीबन्दीलाई खाद्यान्न समाग्री सहयोग गर्दै आइरहेकाले यसवर्ष पनि यसलाई निरन्तरता दिइएको अध्यक्ष तामाङको भनाइ छ । क्लबले खाद्यान्न प्रदान गरेसँगै कैदीबन्दीहरुले खुसी व्यक्त गरेका छन् । हाल कारागारमा १०४ जना कैदीबन्दी रहेका छन् । जसमा १० जना महिला र ९४ जना पुरुष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर